arrow

नेत्रहीन सङ्घलाई जग्गादान

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २० शनिबार
Tanahun_District.png

तनहुँ । तनहुँको व्यास नगरपालिका-५ पाटनका केबी गुरुङले तनहुँ नेत्रहीन सङ्घलाई जग्गादान गरेका छन् ।

नब्बे वर्षीय गुरुङले करिब रु २५ लाख मूल्यको चार आना दुई दाम जग्गा उपलब्ध गराएका हुन् ।

सङ्घलाई एक वर्षअघि नै जग्गादान गर्न चाहे पनि अस्वस्थ्य भएका कारण ढिला भएको उनले बताए ।

व्यासऔ५ पाटनका गुरुङ कृषि अधिकृत पदको जागिर छाडेर बागवानी विकासमा लागेका छन् ।

आठ वर्षसम्म अधिकृत पदमा काम गरेका उनले जागिर छाडेर आफ्नै बागवानी कृषि फार्म सञ्चालन गरेका छन् ।

करिब एक सय रोपनी क्षेत्रफलमा गुरुङले आँप, लिची, सुन्तला, एभोकाडोलगायत फलफूलखेती गर्दै आएका छन् ।

उनी मिर्गौला रोगबाट पीडित हुन् ।

जग्गा प्राप्त भएपछि नियमित कार्यालय सञ्चालन र तालिम केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको सङ्घका संस्थापक अध्यक्ष कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।

“तीनवटै सरकार तथा अन्यबाट आर्थिक स्रोत जुटाएर भवन निर्माणको योजना छ”, उनले भने।

हाल तनहुँ नेत्रहीन सङ्घमा ७० जना आबद्ध छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ