तनहुँ । तनहुँमा एक व्यक्तिले गोली हानेर श्रीमतीको हत्या गरेका छन् । तनहुँको व्यास नगरपालिका वडा नम्बर ५ बस्ने ५६ वर्षीय श्रीप्रसाद आलेले गएराति भरुवा बन्दुकले गोली हानेर ४७ वर्षीया श्रीमती गीता आलेको हत्या गरेका हुन् ।
गोली लागेर घाइते गीतालाई दमौली अस्पतालमा उपचारका लागि लगिएकामा डाक्टरले मृत घोषणा गरेका थिए ।
गोली प्रहार गर्ने आलेलाई नियन्त्रणमा लिइ प्रारम्भिक बयान लिँदा घरायसी विवाद भएपछि भरुवा बन्दुकले श्रीमतीको देब्रे छातीमा गोली प्रहार गरी हत्या गरेको आलेले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।