arrow

सत्याग्रह थाल्ने गोविन्द केसीको चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १५ सोमबार
dr-govinda-kc-new-photo.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सत्याग्रही प्राडा गोविन्द केसीले चिकित्सा शिक्षा ऐन विपरीत प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले गरेको निर्णय नसच्याए सत्याग्रह थाल्ने चेतावनी दिएका छन् । 

विभिन्न माग राख्दै सोमबार प्रेस विज्ञप्ति जारी गरेर उनले आफ्ना माग पूरा नभए साउन २९ गतेदेखि सत्याग्रह थाल्ने चेतावनी दिएका हुन् । उनले राखेका मागमा सीटीईभीटीको सिट निर्धारण र विद्यार्थी भर्नासम्बन्धी अवैध निर्णय खारेज गर्न, दोषी पदाधिकारीलाई बर्खास्त गर्न, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष नियुक्तिका लागि एक हप्ताभित्र सिफारिस समिति बनाउन र हालका उपाध्यक्षको पदावधि सकिनुअगावै छनोटको प्रक्रिया टुंग्याएर आयोग एक दिन पनि नेतृत्वविहीन नहुने गरी नियुक्ति गर्न भनिएको छ । 

सीटीईभीटीले आयोगको सहमतिबिनै सम्बन्धन बाँडेर, सिट निर्धारण र भर्ना प्रक्रिया अघि बढाएपछि दुई निकायबीच द्वन्द्व शुरु भएको छ । आयोग उपाध्यक्ष श्रीकृष्ण गिरीको ४ वर्षे कार्यकाल भदौमा सकिँदैछ । 

शुल्क बढाउने सम्बन्धी सीटीईभीटीको निर्णय पनि खारेज गर्न उनले माग राखेका छन् । २०७९ असोज ८ गते तथा विगतमा भएका सम्झौताहरू कार्यान्वयन गर्न उनले ताकेता गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ