arrow

पाँच दिनदेखि बालक बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १२ शुक्रबार
baitadi-pradesh-sava.jpg

बैतडी ।  बैतडीको पञ्चेश्वर गाउँपालिका-४ कनिना डङाका  १४ वर्षीय रमेश भट्ट बेपत्ता भएका छन् । उनी पाँच दिनदेखि सम्पर्कमा छैनन् ।

सुस्तमनस्थितिका भट्ट गत आइतबारदेखि घरबाटै बेपत्ता भएका हुन् । उनको परिवारले खोजतलास गरिदिन प्रहरीमा निवेदन दिएको छ ।

भट्टको खोजी जारी रहेको र हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ