arrow

डेंगीविरुद्ध उच्च सतर्कता

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ५ शुक्रबार
dangue.jpg

काठमाडौं ।  भारतसँग सीमा जोडिएको नेपालगञ्ज उपमहानगरपालिकामा डेंगी रोगविरुद्ध उच्च सतर्कता अपनाइएको छ । 

उपमहानगरको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले अहिलेसम्म नेपालगञ्जमा कसैलाई पनि डेंगी पुष्टि नभएको उल्लेख गर्दै सीमापारि र अन्य जिल्लामा देखिएकाले उच्च सतर्कता अपनाइएको जानकारी दिए । 

महाशाखाले मलेरिया र डेंगी फैलिन नदिनसमेत सचेत भएकाले नेपाल-भारत जमुनाहा नाकामा ज्वरोका बिरामी भेटिएमा परीक्षण गरेर भित्रिन दिइएको तथा उपमहानगरमा सचेतनामूलक अभियान पनि चलाइएको जनाएको छ ।

उनले एकजनामा मलेरिया देखिएकाले नेपाल-भारत नाकालगायत उपमहानगरका विभिन्न स्वास्थ्य संस्थामा ज्वरोका बिरामीको मलेरिया र डेंगी परीक्षण गर्न थालिएको जानकारी दिए । प्रमुख चन्दले सो रोगको लक्षण र प्रभाव पारे सर्वसाधारणलाई सचेत पार्ने कार्य पनि भइरहेको बताए । 

भारतलगायत नेपालका विभिन्न जिल्लामा डेंगीका बिरामी देखिन थालेपछि उपमहानगरपालिकाले उक्त रोगविरुद्धको सचेतना अभियान सञ्चालन गरेको उपमहानगरका उपप्रमुख कमरुद्दिन राईले बताए । 

उनले डेंगी भित्रिन नदिन तथा नियन्त्रणका लागि  सरोकारवाला निकायको ध्यानाकर्षण गराइएको बताए । 

स्वास्थ्य कार्यालय बाँकेले डेंगी रोग रोकथाम र नियन्त्रणका लागि लामखुट्टेका लार्भा नष्ट गर्ने तथा सर्वसाधारणलाई सचेतना जगाउने अभियान सुरु गरिएको जनाएको छ । सो कार्यालयले उक्त रोगविरुद्ध उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ