arrow

काभ्रेपलाञ्चोकमा पहिलो पटक ट्राफिक भ्वाइलेन्स रेकर्ड प्रणाली, राजश्व सिधै बैंकमा

logo
सरोजश्री अधिकारी,
प्रकाशित २०८० साउन ३ बुधबार
kavre-district-traffic.jpg

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा बढ्दै गएको सवारी दुर्घटना र मापसे बापत संकलन हुने राजश्व अब सिधै बैंकमा जम्मा गर्न सकिने भएको छ।

जिल्ला ट्राफिक प्रहरी काभ्रेले आर्थिक वर्षको शुरूआत सँगै लागू गरेको जिल्ला ट्राफिक प्रहरी कार्यलय काभ्रेका प्रहरी निरीक्षक सुरेश थापाले जानकारी दिए ।

‘अब ट्राफिक भ्वाईलेन्स रेकर्ड सिस्टमबाट राजस्व बुझाउन सकिने छ’, थापाले भने ‘काभ्रेमा ट्राफिक जरिवाना सम्बन्धी टीभीआरएस प्रणाली लागू गरिएको हुँदा राष्ट्रिय वाणिज्य बैंक धुलिखेल, बनेपा, भकुण्डेबेशी शाखामा गइ वा मोबाइल वालेटहरू ईसेवा, कनेक्ट आईपीएस, फोनपेद्धारा ट्राफिक जरिवाना बापतको राजश्व तिरिसकेको भौचर वा अनलाइनमार्फत पे गरिएको जरिवानाको राजश्व तिरिएको प्रमाण पेश गरी कागजपत्र फिर्ता लिन सकिने छ ।’

साथै मापसेमा परेका व्यक्तिहरूले आफ्ना कागजपत्र लिनलाई प्रत्येक शुक्रबार हुने कक्षामा अनिवार्य सहभागीता हुनु पर्नेछ । सो कक्षा बिहान ११ बजे सन्चालन हुँदै आएकोसमेत थापाले जानकारी दिए। 

यो सेवा काभ्रे जिल्लामा साउन १ गतेदेखि लागू भएको हो जसले गर्दा ट्राफिक प्रहरीको कार्यलयमा पुग्नुपर्ने बाध्यताबाट सवारी चालकहरू झन्झटमुक्त हुने भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ