arrow

ओलीले तोके दुई कार्यवाहक

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३ बुधबार
oli-ishwor-subash.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया जाँदा दुई उपाध्यक्षलाई कार्यवाहक तोकेका छन् । कम्बोडियामा हुन गइरहेको निर्वाचन पर्यवेक्षणका लागि अध्यक्ष ओली मंगलबार राति त्यसतर्फ जाने क्रममा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पार्टीको कार्यवाहक अध्यक्ष र उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई संसदीय दलको नेताको जिम्मेवारी दिएका हुन् । 

ओली आफू गम्भीर रुपले बिरामी हुँदा, अस्पतालको शैयामा रहँदा पनि कोही कसैलाई कार्यवाहक जिम्मेवारी दिएका थिएनन् । तर अहिले ६ दिनका लागि विदेश जाँदा दुवै नेतालाई कार्यवाहक जिम्मेवारी तोकेका हुन् । 

ओलीको भ्रमण दलमा पत्नी राधिका शाक्य र उपमहासचिव विष्णु रिमाल, स्वकीय सचिव राजेश बज्राचार्य रहेका छन् । त्यसैगरी फोटोग्राफर र सुरक्षा अधिकृत पनि सो भ्रमण टोलीमा रहेका छन् । 

फोटोग्राफर र सुरक्षा अधिकृत भने अघिल्लो दिन नै कम्बोडिया गइसकेका छन् । ओली साउन ८ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ । 

उनी सिंगापुर हुँदै त्यसतर्फ लागेका हुन् । एमालेका प्रमुख सचेतक पदम गिरीले पार्टी कामको लागि पोखरेललाई कार्यवाहक दिएको र संसदीय दलमा नेम्वाङलाई कार्यवाहकको जिम्मेवारी दिएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ