arrow

बचाउन गएका नै बचेनन्

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३ बुधबार
water-kill.jpg

काठमाडौं । रानी जमरा कुलरिया सिँचाइ आयोजनाको नहरमा डुबिरहेका १० वर्षीय गणेश चलाउनेलाई बचाउन गएका १७ वर्षीय योगेश विष्टको मृत्यु भएको छ ।  

कैलालीस्थित आयोजनाको पश्चिम नहरमा नुहाइरहेको अवस्थामा डुबिरहेका १० वर्षीय गणेश चलाउनेलाई बचाउन जाँदा डुबेर योगेशको ज्यान गएको इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक शङ्कर खड्काले जानकारी दिए। 

उनका अनुसार १० वर्षीय गणेशको भने ज्यान जोगिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ