arrow

सोमबारे औँशीबाट साउन शुरु, पशुपतिमा भक्तजनको भीड [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १ सोमबार
pashupati-2080-04-01.jpg

काठमाडौँ । सूर्यको राशि परिवर्तन सामान्यतया प्रत्येक महिनामा भइरहने नियमित ऋतु चक्रको नियम नै हो  । पूर्वीय गणना पद्धति अर्थात् ज्योतिषीय पञ्चाङ्गअनुसार श्रावण महिनामा पर्ने कर्टक संक्रान्ति र माघ महिनामा पर्ने मकर संक्रान्तिलाई धार्मिक तथा वैज्ञानिक दुवै हिसाबले महत्त्वपूर्ण दिनका रुपमा ब्याख्या गरिएको छ ।

मक्कर संक्रान्तिबाट उत्तरायण भएका सूर्य देव श्रावण संक्रान्ति अर्थात् आजबाट पुनः दक्षिणायण भएका छन् । आज श्रावण महिनाको पहिलो दिन सोमबारे औँंशी परेकाले पनि विशेष फलदायी अत्यन्तै शुभ संयोग जुरेको छ । 

विशेषगरी नबोलेर स्नान गर्ने, कुल पितृको नाममा तर्पण गर्नाले सम्पूर्ण दोषबाट मुक्ति मिल्ने शास्त्रीय वचन रहेको छ ।

आज साउने संक्रान्तिको दिन विशेषगरी साँझको समयमा घरको प्राङ्गणमा  दीप, कलश, गणेश स्थापना गरी  पूजा गर्ने त्यसपछि कण्डारक देवताको पूजा गरी लुतो फाल्ने काम गर्नुपर्दछ ।

कण्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो, खटिराजस्ता छालाजन्य रोगबाट बच्न सकिने विश्वासका रहिआएको छ । विवाहित महिलाहरू साउने संक्रान्तिदेखि साउन महिनाभर सौभाग्यको प्रतीक र हरियो तथा पहेंलो बस्त्र पहिरिने र साउन महिनाभर प्रत्येक सोमबार व्रत बसी शिवको पूजा आराधना गर्नाले अटल सौभाग्य रहिरहने शास्त्रीय नियम रहिआएको छ। 

साउनको पहिलो दिन साउने सोमबार परेकाले पशुपतिमा भक्तजनको भीड लागेको छ । अन्य शिवालयहरुमा पनि भक्तजनको भीड लागेको छ । विशेषगरी साउनमा रातो वा हरियो लगाउने चलन पनि रहेको छ । 

pashupati (1).jpg
pashupati (2).jpg
pashupati (3).jpg
pashupati (4).jpg
pashupati (5).jpg
pashupati (6).jpg
pashupati (7).jpg
pashupati (8).jpg
pashupati (9).jpg
pashupati (10).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ