arrow

भानु जयन्तीमा उपत्यकाव्यापी अन्तर विद्यालय कविता प्रतियोगिता

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ३१ आइतबार
kristina-devkota.JPG

काठमाडौं । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्य २१०औँ जन्म जयन्तीको अवसरमा उपत्यकाव्यापी अन्तर विद्यालय कविता प्रतियोगिता सम्पन्न गरिएको छ । 

नेपाल मानव धर्म सेवा समितिले भानु जयन्तीको अवसरमा शनिबार सम्पन्न उपत्यकाव्यापी कविता प्रतियोगितामा हिन्दु विद्यपिठ नेपालकी कृष्टिना देवकोटा प्रथम भएकी छन् । 

कक्षा ९ मा अध्यायरत कृष्टिनाले 'राष्ट्र' नामक कविता वाचन गरेर प्रथम भएकी हुन् । 

 प्रतियोगितामा एकता जेम्स इङ्ग्लिस सेकेन्डरी स्कुलका कृतिश त्रिपाठी दृतीय भए । उनको 'हाम्रो देश हाम्रो गौरव' कविता शीर्षक रहेको थियो । 

त्यस्तै तृतीय स्थानमा कान्तिपुर इग्लीस हाइ स्कुलकी प्रतिस्मा बस्नेत भइन् । उनको 'मेरो देश' कविता शीर्षक ।

सान्त्वना पुरस्कार भने कमल नेत्र झुनामुना स्कुलकी सुस्मित अधिकारीलाई प्रदान गरिएको थियो । उनले 'गरिबको वेदना' शीर्षकको कविता वाचन गरेकी थिइन्  ।

विजेतालाई मानव धर्म सेवा समितिकी केन्द्र प्रमुख महात्मा चमेली बाइजी र बाग्मती प्रमुख लता बाइजीले पुरस्कार प्रदान गरेका थिए । 

कविता प्रतियोगितामा उपत्यका भित्रका विभिन्न विद्यालयका विद्यार्थीहरुले भाग लिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ