arrow

भारतीय सडक ब्लाष्टिङले नेपालमा क्षति

logo
प्रकाशचन्द्र भट्ट, 
प्रकाशित २०८० असार ३० शनिबार
india-blast-damage-nepal.jpg

दार्चुला । भारतले आफ्नो क्षेत्रमा सडक निर्माणका क्रममा विष्फोटक पदार्थ प्रयोग गर्दा नेपालतर्फ क्षति पुर्याएको छ । 

भारतको पिथौरागढ जिल्ला धारचुला तहशिलअन्तर्गतको नयाँबस्तीमा सडक निर्माणका क्रममा उछिट्टिएको ढुङ्गाले नेपालतर्फ महाकाली नगरपालिका–५ मसिनीबलुवाका तीन स्थानीयवासीको घर र गोठमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । 

बिहीबार र शुक्रबार लगातार सडक निर्माणका लागि विष्फोटक पदार्थ प्रयोग गर्दा ढुङ्गा उछिट्टिएर स्थानीय नरभान  बडू, हरकसिंह ठगुन्ना र जगतसिंह ठगुन्नाको घरमा क्षति पुगेको हो । 

“ब्लास्टिङ गर्दा भारतबाट ढुङ्गा उछिट्टिएर नेपालतर्फ खेतबारीसम्म पुगेका छन्, भारतीय पक्षले बिनासूचना ब्लास्टिङ गर्ने गरेको छ, यसबाट थप क्षतिको खतरा छ”,  स्थानीय नरभान बडूले भने । 

ब्लाष्टिङले स्थानीयका खेतमा साना–ठूला ढुङ्गा छरिएका छन् । भारतीय पक्षले बिना सूचना ब्लाष्टिङ गरेको बुझिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ