रासायनिक मल कारखाना स्थापनाका लागि अघि बढ्यो प्रारम्भिक प्रक्रिया
हाम्रा कुरा
प्रकाशित २०८० असार २९ शुक्रबार
1.2k
Shares
काठमाडौं । करिब रु ९३ अर्ब ५३ करोड (७१ करोड ४० लाख अमेरिकी डलर) बराबरको लगानी रहने गरी नेपालमा रासायनिक मल कारखाना निर्माणको प्रारम्भिक प्रक्रिया शुरु भएको छ ।
प्रधानमन्त्री अध्यक्ष रहने लगानी बोर्डको कार्यालयले बिहीबार एक जर्मन कम्पनीसँग रासायनिक मल कारखाना स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
समझदारीपत्रमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र जर्मन कम्पनी डिआग इन्डस्ट्रिज जीएमबीएचका प्रबन्ध निर्देशक बेन्जामिन बेकरले हस्ताक्षर गरेका हुन् ।