पूर्वराजा शाह सपरिवार थाइल्याण्ड जाँदै, राजनीतिक भेटघाट
हाम्रा कुरा
प्रकाशित २०८० असार २७ बुधबार
1.1k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्याण्ड जाने भएका छन् । पूर्वराजा शाह शुक्रबार थाइल्याण्डको बैंकक जाने भएका हुन् ।
पूर्वराजा शाह कम्तीमा तीन साता बैंकमा रहने निर्मल निवास स्रोतले जनाएको छ । यो भ्रमणलाई पारिवारिक भनिएको छ ।
यद्यपि यो भ्रमणका क्रममा केही गम्भीर राजनीतिक वार्तासमेत हुने बताइएको छ । पछिल्लो समय पूर्वराजा स्वदेशमात्र हैन भारतमासमेत विभिन्न भेटमा रहेका बेलामा बैंककमै बसेर गम्भीर वार्ता गर्न लागेको स्रोत बताउँछ ।