arrow

हेटौँडामा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, २१ सय बढीको उपचार

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २४ आइतबार
teeth-checkup-kmc-2080-03-23.jpg

मकवानपुर । काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजले मकवानपुरको हेटौँडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।हेटौँडास्थित हेटौँडा स्कुल अफ म्यानेजमेन्टसँग सहकार्य गरेर केएमसीले दुई दिने शिविर आयोजना गरेको हो ।
   
हेटौँडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले शिविर उद्घाटन गरेकी थिइन् । शिविर उद्घाटन गर्दै मेयर लामाले गरिब तथा विपन्न बिरामीलाई शिविरले निकै फाइदा पुर्याउने विश्वास व्यक्त गरिन् । शनिबार सम्पन्न भएको शिविरमा २ हजार १ सय २० जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।
   
टाढा–टाढाबाट पनि बिरामीहरू उपचारका लागि शिविरमा आएका थिए । शिविरमा ५७४ जनाको भिडियो एक्सरे, ५२२ जनाको रक्त परीक्षण, ३५० जनाको इसीजी र २५१ जनाको इको गरिएको छ । त्यस्तै, दाँतमा समस्या भएका ५१ जनाको दाँत फुकालिएको छ । 

शिविरमा उपचार सम्भव नभएका तथा गम्भीर समस्या देखिएका १०५ जनालाई थप उपचारका लागि अस्पताल रिफर गरिएको केएमसीका जेनेरल मेनेजर दाहालले बताए ।

    शिविरका लागि केएमसीबाट विशेषज्ञ डाक्टरहरुसहित ३५ जनाको टोली आएको थियो । स्वास्थ्य उपचार र चिकित्सा शिक्षाका क्षेत्रमा फड्को मार्दै गएको केएमसीले देशका बिभिन्न स्थानमा शिविर सञ्चालन गर्दै आएको छ । 

गरिब तथा विपन्न बिरामीलाई लक्षित गरेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिइने केएमसीकी अध्यक्ष सोइना शर्माले जानकारी दिइन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ