arrow

आत्तिने, तसिर्ने, भाग्ने काम छैन : लेखक

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २१ बिहिबार
ramesh-lekhak-congress-nc-parliament.jpg

काठमाडौं।  नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नेपाली कांग्रेसकै नेतृत्वमा मुलुकमा ठूला राजनीतिक परिर्वतन भएको स्मरण गराउँदै वर्तमान अवस्थामा विचलित नहुन पार्टी कार्यकर्तालाई आग्रह गरेका छन् ।

 लेखकले कुनै पनि पार्टी कार्यकर्ताले मन कमजोर बनाउने अवस्था नरहेको बताए ।“कुनैले पनि बिचलित हुने, कमजोर मन बनाउने, आत्तिने, तसिर्ने, भाग्ने काम छैन”, नेता लेखकले भने, “अहिले कतिपय कुरा सुनिने गरेको छ, फलानो पार्टी आइहाल्यो, फलानो मान्छे आइहाल्यो भन्नेको पछि लाग्नु आवश्यक छैन ।”

उनले मुलुकमा ठूलाठूला राजनीतिक उथलपुथल भए पनि ती राजनीतिक उथलपुथललाई समेत सम्बोधन गरेर सबै व्यवस्थामा नेतृत्व गरेर कांग्रेस अघि बढेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ