arrow

नदी किनारमा बस्ने भूमाफियाहरुलाई कारबाही गर्नुपर्छः गैरे [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २० बुधबार
thakur-prasad-gaire-uml-mp-2079-2022.jpg

काठमाडौँ । नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले भूमाफियाहरु नदी किनारको जग्गा ओगटेर बस्न पाउने कुराको अन्त्य गर्नुपर्ने बताएका छन् । 

बुधबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नदीको आसपास भूमाफियाहरुले जे पनि गर्न पाउने र दण्डित हुन नपर्ने कुराको अन्त्य गर्नुपर्ने बताउनु भयो । उनल नदी किनार ओगटेर बस्नेहरुको अवरोध हटाउनु पर्ने बताए । 

उनले नदी किनारका ८० प्रतिशत बस्तीहरु भूमाफियाको कब्जामा रहेको भन्ने तथ्य आइरहेको भन्दै बाधालाई हटाएर भूमाफियाहरु बनेर बसिरहने कुराको अन्त्य गर्नुपर्ने बताए । 

उनले मान्छेको आवास अधिकारको सुनिश्चितता हुनुपर्ने र वास्तविक सुकुम्वासी पहिचान गरी सरकारले बनाएको आवासमा स्थानान्तरण गर्नुपर्ने बताए । 
 
उनले भने, ‘हामी बागमती नदी भन्छौँ, तर यो नदी नालीमा रुपान्तरण भइरहेको छ । हामीले ढल, नाला बनाउँदै छौँ । यो नदी जस्तो भइरहेको छैन । नदीको आसपास भूमाफियाहरुले जे पनि गर्न पाउने र दण्डित नहुने कब्जा गरेर बसिरहन पाउने अवस्थाको अन्त्य गर्नुपर्छ । यसका अवरोध हटाउनुपर्छ । ८० प्रतिशत फेक बस्तीलाई हटाउनका लागि बाधा कहाँ नेर हो, त्यसमा समितिले सघाउनेछ । ढल निकासमा सरकारमा बस्ने, राजनीतिकरण गर्ने कुरालाई रोक्नुपर्छ । मान्छेको आवास अधिकारको सुनिश्चितता हुनुपर्छ । जो वास्तविक सुकुम्वासी हुन्, उनीहरु सरकारले बनाएको आवासमा गएर बस्नुपर्छ । अटेर गर्ने हो भने त्यसलाई सोही अनुसार उपचार गर्नुपर्छ ।’

सांसद गैरेले सरकारले बनाएको आवासमा बस्न अटेर गर्नेहरुलाई सोही अनुसारको कारबाही गर्नुपर्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ