arrow

प्रहरीको भ्यानमा बाख्रा बोकिरहेको खिचेपछि कुटिए पत्रकार

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १९ मंगलबार
pakistan-police-journalist.jpg
तस्बिर – फाइल ।

इस्लामाबाद । पाकिस्तानमा प्रहरी अधिकारीहरुले गस्तीमा गएको मोबाइल भ्यानमा बाख्रा बोकिरहेको भिडियो खेचेपछि पत्रकारहरुमाथि नै कुटपिट भएको छ। उक्त भिडियो डिलिट गर्न लगाएर निजी न्यूज च्यानलका पत्रकारलाई प्रहरीले कुटपिट गरी मोबाइल र क्यामेरा खोसेको हो। 

उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि वरिष्ठ अधिकारीहरूले प्रहरी मोबाइल र बर्दीमा तीन जना र सादा पोशाकमा दुई जनाको खोजी शुरु गरेका थिए ।

नजिकैको बाख्रा बजारमा पाँच जना प्रहरी मोबाइल भ्यानमा बसिरहेका थिए । यसै क्रममा त्यहाँ उपस्थित एक निजी न्यूज च्यानलका पत्रकार औरङ्गजेब जब्बारले मोबाइलमा बाख्रा लिएर गएको विषयमा सोध्दा प्रहरी आक्रोशित भए र उनीमाथि गालीगलौज गर्न थाले ।

उनीहरुले मोबाइलबाट भिडियो डिलिट गरी गम्भीर परिणाम भोग्ने धम्की दिएका थिए । 
मोबाइल भ्यानमा रहेका कर्मचारीले आफूलाई विशेष शाखाको कर्मचारीको रुपमा चिनाउने गरेका छन् ।

अर्कोतर्फ विशेष शाखाका अधिकारीहरू प्रहरी मोबाइल भ्यान विशेष शाखाको नरहेको र त्यसको जानकारी लिने काम भइरहेको बताइएको छ । 

घटनाको जानकारी अजिज भाटी प्रहरी चौकीमा गरिएको थियो । प्रहरीले घटनास्थलमा पुगेर त्यहाँ उपस्थित व्यक्तिको बयान लिइ बजारका बाख्रा व्यवसायीसँग पनि कुराकानी गरेको थियो । 

उनीहरुले आरोपको छानबिन भइरहेको बताए।

क्राइम रिपोर्टर्स एसोसिएसनले पत्रकारलाई प्रहरीले कुटपिट गरेकोमा निन्दा गर्दै उनीहरुलाई कडा कारबाही गर्न माग गरेको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ