पार्टीमा अन्धाधुन्ध गोली प्रहारः दुईको मृत्यु, २८ घाइते
हाम्रा कुरा
प्रकाशित २०८० असार १८ सोमबार
1.1k
Shares
बाल्टिमोर । अमेरिकामा फेरि गोलीबारी चलेको छ । सञ्चारमाध्यमका अनुसार आइतबार बाल्टिमोर शहरमा एउटा पार्टीमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
बाल्टिमोर प्रहरी विभागका कार्यवाहक आयुक्त रिचर्ड वर्लीले पत्रकार सम्मेलनमा भने घटनास्थलमा जम्मा ३० जना पीडित रहेको बताए । उनले शहरको दक्षिणी भागमा रहेको ब्रुकलिन होम्स नजिकैको ब्लक पार्टीमा बिहान १२ः ३० बजेपछि गोली चलेको बताए।
अमेरिकामा जुलाई ४ को बिदा अघि देशभर जमघट भइरहेका बेला गोली हानाहानको यो घटना भएको हो । अमेरिकामा जुलाई ४ मा स्वतन्त्रता दिवस मनाइन्छ।
अमेरिकाको कन्सास शहरमा पनि गोली चलेको घटना भएको छ । जसमा सात जना घाइते भएका छन् ।