arrow

एमालेसँग मिलेर काँग्रेसको सरकार बन्ने सम्भावना छैन – परराष्ट्र मन्त्री साउद

logo
दीपेन्द्र बस्नेत, 
प्रकाशित २०८० असार १६ शनिबार
np-saud-2080-03-16.jpg

धनगढी ।  नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं परराष्ट्र मन्त्री एनपी साउदले बजारमा आएको हल्लाअनुसार एमालेसँग मिल्ने कुनै सम्भावना नरहेको बताएका हुन् ।

शनिबार डडेल्धुरामा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्रमन्त्री साउदले अहिलेको सत्ता गठबन्धन नभत्किने प्रष्ट पारेका हुन् । 

‘नेपाली काँग्रेसलाई पुस १० गतेको घटना हेक्का रहेकै छ। हामीले इतिहासबाट पाठ सिक्नुपर्छ त्यसकारण अहिलेको गठबन्धन भत्किदैन, एमालेसँग काँग्रेसको सरकार बन्दैन’, उनले भने । तर उनले प्रतिपक्षका मागलाई अधिकतम सम्बोधन गर्ने प्रयत्न गरेको बताए ।

उनले पहिलोपटक भारतसँग कुटनैतिक रुपमा कालापानी तथा लिम्पियाधुरा क्षेत्रको समस्याका बारेमा कुरा अगाडि बढाइएकोसमेत प्रष्ट पारे । केही समयअघि भएको प्रधानमन्त्रीको भारत भ्रमणका बेला भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले त्यो समस्या समाधानबारे सकारात्मक जवाफ दिएको उनले बताए। 

‘भारतका प्रधानमन्त्रीले पहिलोपटक सीमा लगायतका मुद्दाहरु वार्तामार्फत समाधान गरिनेछ भनेर भन्नुभएको छ’ मन्त्री साउदले भने, ‘भारतले नेपालको भूभाग डुबान हुने गरी महाकाली नदीमा निर्माण गरिरहेको संरचनाका बारेमा पनि हामीले जानकारी गराएका छौं।’

साथै उनले भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले कञ्चनपुरका सीमावर्ती क्षेत्रका नागरिकलाई दिइरहेको दुःखका बारेमा पनि भारतीय पक्षलाई जानकारी दिएको बताए ।  

उनले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पालादेखि प्रक्रिया थालिएको डडेल्धुराको परशुरामको शीर्ष र बैतडीको झुलाघाटमा निर्माण हुने पक्की पुलको काम ६ महिनाभित्र शुरु हुने बताए । 

उनले भने, ‘ती दुवै स्थानमा पुल बने व्यापारिक नाकाको विकास हुनेछ। यहाँ विकास हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ