कोशीमा पनि ढल्यो एमालेको सरकार, हिक्मतले पाएनन् विश्वासको मत, नयाँ सरकार गठनको तयारी
हाम्रा कुरा
प्रकाशित २०८० असार १५ शुक्रबार
1.4k
Shares
तस्बिर – फाइल ।
विराटनगर । कोशी प्रदेशमा पनि एमाले नेतृत्वको सरकार ढलेको छ । एमालेबाट मुख्यमन्त्री भएका हिक्मतकुमार कार्कीले कोशी प्रदेश सभामा विश्वासको मतसम्बन्धी राखेको प्रस्ताव फेल भएसँगै कार्की नेतृत्वको सरकार ढलेको हो ।
विश्वासको मतको प्रस्तावको पक्षमा ४६ मत र विपक्षमा ४३ मत खसेको छ । ९३ सदस्यीय कोशी सभामा बहुमतका लागि ४७ सांसद चाहिन्छ । बहुमत पूरा गर्न नसकेसँगै १७४ दिनपछि मुख्यमन्त्री कार्की बाहिरिएका छन् । आजको प्रदेश सभामा ८९ सांसद उपस्थित भएका हुन् ।
कार्कीको पक्षमा एमालेका ४० र राप्रपाका ६ प्रदेशसभा सदस्यले भोट हाले । विपक्षमा गठबन्धन दलमा रहेका कांग्रेसका २९, माओवादीका १२ र नेकपा एसका ४ प्रदेशसभा सदस्यले मत हालेका छन् । गठबन्धन घटकमा रहेको जसपाकी सांसद निर्मला लिम्बू भने बैठकमा उपस्थित भइनन् ।
अब नयाँ सरकार गठनको प्रक्रिया शुरू हुनेछ । विपक्ष दलका नेताहरुले आफूहरुको सरकार बनाउने दाबीसहित प्रदेश प्रमुखकोमा जाने तयारी गर्दैछन् ।
उनीहरुले सभामुखकोसमेत हस्ताक्षर लगेर जान लागेको बुझिएको छ ।