arrow

बजेटमा बेवास्ता गरेपछि अपाङ्गता संघर्ष समिति आन्दोलित

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १४ बिहिबार
relay-ansan-sudurpachhim-disabled.jpg

धनगढी । अपाङ्गता भएकाहरुले सुदूरपश्चिम प्रदेश सरकारले अपाङ्गता भएकाहरुका लागि बजेट नछुट्टाएपछि आन्दोलित भएका छन् । सुदूरपश्चिम प्रदेश अपाङ्गता अधिकार प्रवद्र्धन संघर्ष समितिले प्रदेश सरकारले अपाङ्गता समावेशी बजेट विनियोजन नगरेपछि विरोध स्वरुप रिले अनसन गरेका हुन् ।  

यो रिले अनसन मंगलबारदेखि शुक्रबारसम्म जारी रहने पनि राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिमका अध्यक्ष मानबहादुर साउदले बताए । 

उनले आफूहरुलाई सरकारले वास्ता नगरेको भन्दै शुक्रबारपछि थप कार्यक्रम ल्याउने पनि बताए । उनले सरकारलाई सजिलो होस् भनेर उदाहरणका लागि एउटा र्याम आफूहरुले बनाएकोसमेत बताए । 

उनीहरु धनगढीको कानून मन्त्रालयको अगाडिको चौतारामा धर्नारत रहेका छन् । 

उनीहरुले अपाङ्गता भएकाहरुको संघ संस्थाको संस्थागत विकास र सशक्तिकरणका लागि एक करोड रुपैयाँ महासंघका लागि छुट्टाउनु पर्ने, विशेष आवश्यकता भएका बालबालिकाहरु अध्ययन गर्ने विशेष र समावेशी विद्यालयको भौतिक संरचना निर्माण र आवासीय व्यवस्थापनका लागि ८० लाख रुपैयाँ विनियोजन हुनुपर्ने लगायतका माग राखेर आन्दोलन थालेका हुन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ