arrow

रेणुलाई दुर्व्यवहार गरेको आरोपमा एमाले नेता पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १२ मंगलबार
hari-mahato-uml-2080-03-12.jpg

महोत्तरी । युवा संघका केन्द्रीय सदस्य तथा नेकपा एमालेका नेता हरि महतो जनकपुर एयरपोर्टबाट पक्राउ परेका छन् ।

गौशाला नगरपालिकाकी उपमेयर रेणु कुमारी महतोलाई अभद्र व्यवहार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उपमेयर महतोको उजुरीको आधारमा उन्लाई जनकपुर एयरपोर्टबाट पक्राउ गरेर महोत्तरी ल्याइएको प्रहरी नायव उपरीक्षक दीलिपकुमार गिरीले जानकारी दिए ।

महतोमाथि उपमेयरले दिएको उजुरीउपर छानबिन गरि अनुसन्धान प्रक्रिया अगाडी बढाइने जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

यसअघि उपमेयरको कार्यकक्षमा नै प्रवेश गरी हातपा समेत गर्न खोजेको पनि आरोपित भनिएका महतोमाथि आरोप  छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ