arrow

पाकिस्तानमा महिला र बालबालिकामाथिको हिंसा चरममा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ११ सोमबार
pakistan-map-geo.jpg
तस्बिर – फाइल ।

इस्लामाबाद । पाकिस्तानमा यो वर्षको पहिलो चार महिनामा सिन्ध प्रहरीमा महिला र बालबालिकाविरुद्ध हिंसाका ९०० भन्दा बढी घटना दर्ता भएका सस्टेनेबल सोसियल डेभलपमेन्ट अर्गनाइजेसन (एसएसडीओ) को एक प्रतिवेदनमा उल्लेख गरिएको छ । 

प्रतिवेदनले यस्ता घटनाको रिपोर्टिङ गर्ने सामाजिक निषेधका कारण यो सङ्ख्या अझ बढी हुन सक्ने उल्लेख गरेको छ । विशेषगरी यस अवधिमा ५२९ महिला अपहरणमा परेका छन् भने घरेलु हिंसाका घटना ११९ पुगेका छन् । यसबाहेक बलात्कारका ५६ र पारिवारिक प्रतिष्ठाका लागि भएका हत्या (अनर किलिङ) का ३७ घटना भएका छन् ।

कराँची, हैदरावाद र केमारी जिल्लाहरू महिलाविरुद्ध हिंसात्मक अपराधका लागि हटस्पटका रूपमा देखा परेका छन् । बालबालिकामाथि हुने हिंसाको सन्दर्भमा, यौन हिंसा सबैभन्दा बढी प्रचलित छ र यसमा ६७ घटनाहरू रिपोर्ट गरिएका थिए । 

प्रतिवेदनले सबै नागरिक, विशेषगरी महिला र बालबालिकाको सुरक्षा सुनिश्चित गर्न सरकार, प्रहरी र न्यायपालिकाको ध्यान र कारबाहीको आवश्यकतामा जोड दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ