arrow

सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्धामा आज क्षतिपूर्ति सम्बन्धी सुनवाइ

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ११ सोमबार
sandeep-lamichhane-2080.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । बलात्कार आरोपको मुद्दा खेपिरहेका क्रिकेट खेलाडी सन्दीप लामिछाने विरुद्धको मुद्धामा आज सुनवाइ हुँदैछ । पीडित पक्षले माग गरे बमोजिम क्षतिपूर्ति दिन मिल्ने कि नमिल्ने भन्ने बारेमा आज जिल्ला अदालत काठमाडौँमा हुने सुनवाइले टुंगो लगाउने छ । 

लामिछानेसँग पीडित पक्षले यसअघि माग गरेको १० लाखको क्षतिपूर्तिको मागलाई अदालतले खारेज गरे पनि पीडित राहत कोष मार्फत सर्वोच्चले क्षतिपूर्तिको विषय सम्बोधन गर्नुपर्ने जनाउ दिएपछि आज सुनवाइ हुन लागेको हो ।

ततपश्चात ३६ लाख रुपैयाँ क्षतिपूर्तिको माग गरेपछि अदालतले पीडितले उपचार गरेको अस्पतालसँग उपचार खर्चको विवरण माग गरेको छ । सो विवरणसहित जिल्ला अदालत काठमाडौँले क्षतिपूर्ति सबन्धी निर्णयमा आदेश दिन सक्ने जनाइएको छ । 

तर सो मुद्धाको फाइनल पेशी भने अझै तोकिएको छैन । लामिछाने जिम्बाब्वेमा रहेका कारण अब उनी फर्केपछि मात्रै अदालतले अन्तिम सुनवाइका लागि पेशी तोक्ने सम्भावना रहेको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ