काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ब्रिक्स सम्मेलनमा भाग लिन भारत गएपछि उपप्रधानमन्त्री विमलेन्द्र निधिलाई दैनिक कामकाज सम्हाल्ने गरी कार्यवाहक प्रधानमन्त्री तोकिएकोबारे जानकारी गराइएको छ ।
आइतबार बसेको संसद बैठकमा सोसम्बन्धी राष्ट्रपति कार्यालयको पत्र सभामुख ओनसरी घर्तीले पढेर सुनाईन् । संसद्को अर्को बैठक आउँदो कात्तिक २ गते मंगलबार बिहान ११ बजे बस्नेछ ।