arrow

मन्त्री सिंहको अन्त्यष्टि 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ९ शनिबार
prithvibahadur-singh-funeral-2080-03-09.jpg

धनगढी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री स्वर्गीय पृथ्वीबहादुर सिंहसहित गाडी दुर्घटनामा मृत्यु भएकी उनकी पत्नी अमृता र भाउजू जया सिहंको आज बझाङको सदरमुकाम चैनपुरस्थित डुङ्री घाटमा दाहसंस्कार गरिएको छ ।

स्वर्गीय मन्त्री सिंहको पार्थिव शरीरमा जेठा छोरा अभिषेक र कान्छा छोरा आदेशले दिउँसो करिब २ बजे दागबत्ती दिए । अन्त्येष्टिअघि नेपाल प्रहरीको ३० जनाको टोलीले स्वर्गीय सिंहप्रति अन्तिम सलामी अर्पण गरेको थियो । 

धनगढीबाट बझाङ जाने क्रममा केदार स्यूँ गाउँपालिका–१ जुवाली खेतमा गाडी दुर्घटनामा परी पाँच दिनअघि मन्त्री सिंहसहित तीन जनाको ज्यान गएको थियो । उनका जेठा छोराले विदेशबाट आएर अन्तिम संस्कार गरेका हुन् ।

दाहसंस्कार अघि स्वर्गीय मन्त्री सिंहको शव चैनपुरस्थित नेपाली कांग्रेस पार्टी कार्यलयमा राखिएको थियो । पार्टी कार्यालयमा आयोजित अन्तिम श्रद्धाञ्जली सभामा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, मन्त्री, पूर्व मन्त्री, नेपाली कांग्रेस तथा विभिन्न दलका नेता तथा कार्यकर्ता, सर्वसाधारण, शुभेच्छुक र आफन्तहरूले पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ