arrow

सांसद सुनील शर्माले गरे ओशो आश्रमलाई ५० लाख सहयोग

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ५ मंगलबार
dr-sunil-sharma-sannyasi.jpg

काठमाडौँ । प्रतिनिधि सभा सदस्य एवं नेपाली काँग्रेसका सांसद डा. सुनील शर्माले काठमाडौँको रानीबारीस्थित ओशो आश्रमलाई ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । 

आश्रममा ध्यान गर्ने हल निर्माणका लागि सांसद शर्माले व्यक्तिगत रुपमा ठूलो धनराशी सहयोग गरेका हुन् । सांसद शर्मा सोही आश्रममा नौ दिन लामो ध्यान गरेर ओशो संन्यासी बनेका छन् । सोही क्रममा उनले आश्रमलाई सहयोग प्रदान गरेका हुन् । 

सामाजिक काममा सक्रिय डा. शर्माले यसअघि पनि विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका छन् । शर्मा तलब भत्ता नलिने देशभरका एकमात्र सांसद पनि हुन् । 

उनले गरिब, विपन्न तथा असहाय हजारौँ बिरामीलाई उद्धार गरेर निःशुल्क उपचार गराई ज्यान बचाएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ