arrow

मन्त्री सिंहको निधनमा शोक बिदा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ६ बुधबार
prithvibahadur-singh-died-2080-03-05.jpg

काठमाडौ । गाडी दुर्घटनामा परेर सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंहको निधन भएपछि सुदूरपश्चिम प्रदेशले आज शोक बिदा दिइएको छ।

मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्‌को बैठकले आज प्रदेशभर शोक बिदा दिने निर्णय गरेको हो। 

मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१–००१ झ ४८० नम्बरको जीप धनगढीबाट बझाङ जाँदै गर्दा मंगलबार दिउँसो केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेको थियो ।

मन्त्री सिंह बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ