arrow

रहेनन् सुदूरपश्चिमका कानून मन्त्री सिंह, शोकमा काँग्रेस

logo
सौरभ गिरी, 
प्रकाशित २०८० असार ५ मंगलबार
prithvibahadur-singh-died-2080-03-05.jpg

नेपालगञ्ज । बझाङमा भएको गाडी दुर्घटनामा परेर घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । उनको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा निधन भएको हो । 

मन्त्री सिंहलाई उपचारका लागि बझाङबाट हेलिकोप्टरमा कोहलपुर ल्याइएको थियो । सिंहसँगै कोहलपुर ल्याइएका चालक धर्मराज जोशी र सुरक्षागार्ड दीपक भण्डारीको भने उपचार भइरहेको अस्पतालले जनाएको छ ।

नेपालगञ्ज मेडिकल कलेज कोहलपुरले मंगलबार साँझ प्रेस विज्ञप्ति निकालेर ५ बजेर ३३ मिनेटमा निधन भएको जनाएको छ । दुर्घटनामा घाइते भएकी मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजू जयादेवी सिंहको यसअघि बझाङमै मृत्यु भएको थियो ।

मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१–००१ झ ४८० नम्बरको जीप धनगढीबाट बझाङ जाँदै गर्दा मंगलबार दिउँसो केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेको थियो ।

सिंहसहित यो दुर्घटनामा तीन जनाको मृत्यु भएको हो । पाँच जना सवार रहेमध्ये चालक र सुरक्षाकर्मीको उपचार भइरहेको छ । 

उनीहरूको अवस्थामा पनि गम्भीर रहेको अस्पतालले जनाएको छ ।

मन्त्री सिंह बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए । उनको निधनले कांग्रेस शाेकमा रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ