arrow

सवारी दुर्घटनामा परेका सुदूरपश्चिमका कानून मन्त्री सिंह गम्भीर

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ५ मंगलबार
accident-jeep-2080-03-05.jpg

काठमाडौँ । बझाङमा सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री सवार गाडी दुर्घटनामा परेको छ । सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको डडेल्धुराबाट चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट करिब ५० मिटर तल कालंगा खोला किनारमा खसेर दुर्घटनाग्रस्त भएको मन्त्रीका प्रेस सल्लाहकार ललित सिंहले जनाएका छन् । 

दुर्घटनामा परी मन्त्री सिंहसहित पाँच जना घाइते भएका छन् । गाडीका सवार मन्त्री सिंहकी श्रीमती, भाउजु, पीएसओ र चालक घाइते भएको सल्लाहकार सिंहले बताएका छन् । 

उनका अनुसार मन्त्री सिंहसहित श्रीमती र भाउजुको अवस्था गम्भीर रहेको छ । मन्त्री सिंहको केदारस्युँ गाउँपालिका १ देउरास्थित ॠतु पोलिक्लिनिकमा र अन्य ३ जनाको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भइरहेको छ । थप उपचारका लागि हेलिकोप्टरमार्फत लैजाने तयारी भए पनि अझै हेलिकोप्टर आइनसकेको उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ