कानून मन्त्री सिंह सवार गाडी दुर्घटना, चार जना घाइते
हाम्रा कुरा
प्रकाशित २०८० असार ५ मंगलबार
895
Shares
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंह सवारी दुर्घटनामा परेका छन् ।
डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर जाने क्रममा मन्त्री सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी बझाङ केदारस्युँ गाउँपालिकाको धारछडामा दुर्घटनामा परेको हो । सो दुर्घटनामा चारजना घाइते भएका छन् ।
मन्त्री सिंहसहित चार जना घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।