भौतिक पूर्वाधारको बजेट विकास गर्ने नियतले आएनः गैरे [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८० असार ४ सोमबार
1k
Shares
काठमाडौँ । नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले सरकारले भौतिक पूर्वाधारको बजेट विकास गर्ने नियतले नल्याएको बताएका छन् ।
सोमबार प्रतिनिधि सभा अन्तरर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद गैरेले सरकारले मुलुकको भौतिक पूर्वाधार विकास गर्ने नियतले बजेट नल्याएको बताएका हुन् ।
उनले सरकारले ७७ जिल्लामा समानुपातिक समावेशिताको आधारमा नभई शक्ति र पहुँचको आधारमा बजेट योजना छनोट गरी बजेट विनियोजन गरेको आरोप लगाए ।