arrow

रक्तदाता दिवसको अवसरमा मानव धर्मको रक्तदान

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २ शनिबार
raktadan-2080.JPG

काठमाडौ ।  विश्व रक्तदाता दिवसको अवसर पारेर आयोजित कार्यक्रममा एक सय २१ जनाले रक्तदान गरेका छन् । 

नेपाल मानव धर्म सेवा समिति, काठमाडौंले आयोजना गरेको रक्तदान कार्यक्रममा एक सय २१ जनाले रक्तदान गरेका हुन् ।

शनिबार समितिको केन्द्रिय अश्रम गौशालमा सम्पन्न रक्तदान कार्यक्रममा नेपाल मानव धर्म सेवा समितिका आध्यात्मिक व्यक्तिका साथै अन्य व्यक्तिहरूले पनि रक्तदान गरेका थिए । 

रक्तदान जीवन दान भन्ने मूल मन्त्रलाई आत्मासाथ गर्दै रक्तदान कार्यक्रम सञ्चालन गरिएको समितिकी केन्द्र प्रमुख महात्मा चमेली वाइजीले बताइन् ।

पछिल्लो चरणमा रगतको अभाव बढ्दै गएको र रक्तदानका बारेमा चेतानाको पनि कमी भएका कारण बेलाबेलामा आयोजना हुने रक्तदान कार्यक्रमले चेतना जगाउनुको साथै रगतको कमी पूरा गर्न पनि सहयोग पुग्ने महात्मा चमेली वाइजीले बताइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ