arrow

सामुदायिक विद्यालय अनिश्चितकालीन बन्द, तलब नबढेपछि कर्मचारी सडकमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ३ आइतबार
School-students.jpg.jpeg
तस्बिर – सांकेतिक ।

काठमाडौँ । आजदेखि सामुदायिक विद्यालयहरु बन्द हुने भएका छन् । नेपाल विद्यालय कर्मचारी परिषद्ले आजदेखि सामुदायिक विद्यालय अनिश्चितकालीन बन्द गर्न लागेका हुन् । 

विद्यालय बन्दको कार्यक्रम कार्यान्वयन गराउनका लागि परिषद्का महासचिव शान्तिनाथ योगीले शुक्रबार ७७ वटै जिल्ला कार्यसमिति र ७५३ स्थानीय पालिका कार्यसमितिलाई सर्कुलर पठाइसकेका छन्  ।

परिषद्ले सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको विभिन्न सेवा सुविधासहित पेशागत स्थायित्वको माग राख्दै केही समयदेखिआन्दोलन गर्दै आइरहेको छ । आन्दोलनकारी शिक्षकहरुका अनुसार पहिलो र दोस्रो चरणका कार्यक्रमहरु सम्पन्न भइसक्दासमेत आफनो माग प्रति सरकार गम्भीर नभएको तथा आन्दोलनको क्रममा उल्टै प्रहरी दमन गरेपछि पूर्वनिर्धारित कार्यक्रम अनुसार असार ३ गतेदेखि  सामुदायिक विद्यालय बन्द गराउन लागिएको हो ।

आर्थिक वर्ष २०८०–०८१ को नीति तथा कार्यक्रमको बुँदा नम्बर १२७ मा सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको सेवा सुविधाका विषय  सम्बोधन गरे पनि बजेट बक्तब्यमा भने उक्त विषय छुटाएपछि परिषद् आन्दोलनमा उत्रिएको हो । 

बालेनको आक्रोश
काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) ले भने विद्यालय बन्द गरे कारबाही गर्ने चेतावनी दिएका छन् । ‘काठमाडौँ महानगरपालिका भित्रका विद्यालयमा विद्यालय शान्तिक्षेत्रको अवधारणा विपरीत हुने गरी कुनैपनि कार्य गर्न बन्देज गरिएको व्यहोरा सम्बद्ध सबैलाई जानकारीका लागि अनुरोध छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘काठमाडौँ महानगरपालिका, महानगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालय, सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरू, एवं विद्यालय व्यवस्थापन समितिलाई महानगरपालिकाका सम्पूर्ण विद्यालयहरूमा नियमित कक्षा सञ्चालन गर्न निर्देशन गर्दछ।’ उनले आफनो निर्देशन अनुसार विद्यालय बन्द गरेमा कारबाही गर्नेसमेत जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ