arrow

सुदूरपश्चिमको बजेट २९ अर्ब २६ करोडको [पूर्णपाठ]  

logo
सुनिल आउजी,  
प्रकाशित २०८० असार १ शुक्रबार
sudurpachhim-province-budget-2080-81.jpg

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ। सुदूरपश्चिम प्रदेश सरकारको  कुल बजेट रु २९ अर्ब २६ करोड ५९ लाख ३२ हजार बजेट सार्वजनिक गरेको हो ।

प्रदेशका आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले शुक्रबार प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट प्रस्तुत गरेका हुन् । भौतिक पूर्वाधार विकास अन्तर्गत सडक र पुलका लागि पाँच अर्ब ६८ करोड बजेट विनियोजन गरिएको छ। 

चालु आर्थिक वर्षको तुलनामा आगामी बजेटको आकार घटाएर सार्वजनिक गरिएको छ । कुल बजेटमध्ये चालुतर्फ ९ अर्ब ५९ करोड ६० लाख अर्थात् ३२ दशमलव ७९ प्रतिशत र पूँजीगततर्फ १७ अर्ब दुई करोड २३ लाख ६० हजार अर्थात ५८ दशमलव १६ प्रतिशत रहेको छ। 

प्रदेशमा आगामी आर्थिक वर्षमा १० वटा सडक पुल योजना निर्माण गर्ने लक्ष्य प्रदेश सरकारको छ। त्यस्तै खानेपानीका लागि एक अर्ब ७७ करोड बजेट विनियोजन गरिएको छ।

प्रदेशका नौवटै जिल्लामा खानेपानी तथा ढल निकासका लागि प्रदेश सरकारले एक अर्ब ७७ करोड विनियोजन गरेको हो। साथै प्रदेश सरकारले आगामी आर्थिक वर्षमा सवारीसाधन खरिद नगर्ने बताएको छ। 

प्रदेशका आर्थिक मामिलामन्त्री शाहीले अन्तरप्रदेश वित्तीय हस्तान्तरणमा दुई अर्ब ३४ करोड ७५ लाख र वित्तिय व्वस्थातर्फ ३० करोड बजेट विनियोजन गरेका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ