- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई संसद्मा राजतन्त्रको वकालत नगर्न चेतावनी दिइएको छ । नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले राप्रपा प्रमुख सचेतक शाहीलाई चेतावनी दिएका हुन् ।
शाहीले संसद बैठकमा अराजकता देखाएको दाहालको ठहर छ । उनले यो सांसदले राजतन्त्रलाई नचिन्ने भन्दै शाहीलाई संविधान र गणतन्त्र मान्न आग्रह गरे । उनले संसद राजसंस्थाको पैरवी गर्ने ठाउँ नभएको भन्दै रत्नपार्क र जुम्लामा गएर राजसंस्थाको पक्षमा आमसभा गर्न आग्रह दिए ।