arrow

मध्यरातमा जिप दुर्घटना, सवार तीनै जनाको मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २८ आइतबार
accident-final.jpeg

कालीकोट  ।  मध्यरातमा लु१च ८४९८ नम्बरका जिप दुर्घटना हुँदा सवार तीनै जनाको मृत्यु भएको छ ।  कालीकोटको शुभकालिका गाउँपालिका-६ गविरामा गए राति जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।
  
जिप कालीकोटको बेउली पान्तडी सडकखण्डको चौकी बजारबाट हाउडी हुँदै शुभकालिकातर्फ जाँदै गर्दा शुभकालिका-६ गविराममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

दुर्घटनामा परेर जिप चालक शुभकालिका-२ का ३० वर्षीय हर्क विश्वकर्मा, शुभकालिका-८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुले-३ का २५ वर्षीय गोपाल सलामीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख जयश्वर रिमालले जानकारी दिए । 

दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको उनले बताए । 

“घटना मध्यराति भएकाले दुर्घटनाको कारण खुल्न सकेको छैन”, प्रहरी प्रमुख रिमालले भने, “जिपमा सवार तीनै जनाको मृत्यु भएको, देख्ने र घाइते अन्य नभएकाले पनि दुर्घटनाका कारण खुल्न सकेन ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ