arrow

लागूऔषधसहित भक्तपुरका महर्जन पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २४ बुधबार
pakrau9.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले अवैध लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुर घर भई हाल कास्कीको पोखरा महानगरपालिका वडा नं. ४ बस्ने ५० वर्षीय दिनेश महर्जन रहेका छन् ।

बुटवलबाट पोखरा आउँदै गरेको ग२ख ५१५ नम्बरको यात्रुबस चेकचाँच गर्नेक्रममा उनी लागूऔषधसहित पक्राउ परेको प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए । 

महर्जनको साथबाट फेनेरागन ६४ एम्पुल, नोफिन ६४ एम्पुल र डाइजापाम ६४ एम्पुल गरि कूल १९२ एम्पुल लागूऔषध बरामद भएको डिएसपी खनालले बताए ।

खनालका अनुसार महर्जनविरुद्ध जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान प्रक्रिया सुरु गरिएको छ ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ