arrow

कोशीमा एमाले सरकार अल्पमतमा, माओवादीका मन्त्रीहरुको राजीनामा

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २३ मंगलबार
durga-prasad-jeevan-acharya-koshi.jpg

विराटनगर । कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दुर्गाप्रसाद चापागाई  र पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्यले पदबाट राजीनामा दिएका छ्न्  ।

मंगलबार माओवादीको प्रदेश समितिले सरकारबाट बाहिरिने निर्णय गरेसँगै उनीहरुले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएका हुन् ।

माओवादी बाहिरिएसँगै एमाले नेतृत्वको सरकार अल्पमतमा परेको छ । 

गत पुस २४ गते नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नेतृत्वमा सरकार गठन भएको थियो । 

प्रदेश सभामा बहुमतको लागि ४७ सांसद आवश्यक पर्नेमा माओवादी फिर्ता भएपछि एमालेका ४० र राप्रपाका ६ गरी सरकारको समर्थनमा ४६ सांसद मात्र रहेका छन् । यसअघि जसपा सरकारबाट बाहिरिएको थियो । 

कांग्रेसको तयारी
नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने भएको छ । मंगलबार बसेको कोशी प्रदेश कांग्रेस संसदीय दलको बैठकले आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको हो । 

माओवादीले समर्थन फिर्ता लिएसँगै कांग्रेस तातेको हो । 

यता माओवादीले पनि आफ्नै नेतृत्वमा सरकार बनाउन खोजिरहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ