arrow

संसद अवरुद्ध

एमालेको रणनीतिः दरको करमा सरकारले जवाफ नदिएसम्म संसद चल्न नदिने 

सबै प्रतिपक्ष दलको साथ

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २३ मंगलबार
parliament-disturbed-uml-2080-02-13.jpg
तस्बिर – फाइल ।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बजेट बनाउँदा अर्थमन्त्री डा. प्रकाशशरण महतले अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर परिवर्तन गरेको भन्दै छानबिन समिति नबनेसम्म संसद बैठक चल्न नदिने बताएको छ । 

एमाले सचेतक महेश बर्तौलाले सरकारले जवाफ नदिएसम्म सदन चल्न नदिने बताएका छन् । संसद भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सचेतक बर्तौलाले बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिको प्रवेश अख्तियार दुरुपयोग र भ्रष्टाचार भएको भन्दै सरकारले जवाफ दिनुपर्ने बताए ।

बिहान ११ बजे बस्न्पर्ने बैठक सोही कारणले दिउँसो १ः३० लाई सारिएको थियो । तर सहमति बन्ने सम्भावना नभएसँगै बैठक अवरोध कायमै रहेको छ । 

बजेट निर्माणको प्रक्रियामा अनधिकृत रुपमा पूर्वनायब सुब्बालाई संलग्न गराइएको भन्दै एमालेसँगै राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध गरेका छन् । 

हिजोदेखि बजेटमाथि छलफल शुरु भइसकेकाले त्यही छलफललाई निरन्तरता दिन बैठक बस्ने भए पनि विपक्ष दलहरुका कारण बैठक बस्न नसकेको हो । 

प्रधानमन्त्रीले जवाफ दिनुपर्ने अडान लिएसँगै आइतबारको बैठक पनि रोकिएको थियो । 

त्यस्तै सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिए पनि उनले जवाफ दिँदा पटक पटक प्रतिपक्ष दलका सांसदहरुले अवरोध गरेका थिए । 

उनीहरुको अवरोधमा सभामुख देवराज घिमिरेले साथ दिएका थिए । 

प्रधानमन्त्रीले हरेक प्रश्नको जवाफ दिए पनि उनले जवाफ दिएर सकेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बोल्ने समय दिएर सभामुखले प्रक्रिया उल्लंघन गरेका थिए । 

संसदमा सोमबार सांसदले पनि पटक पटक मर्यादा उल्लंघन गरेर संसदीय प्रणालीमाथि धावा बोलेका थिए । 

विपक्ष दलका सांसदहरुले संसद प्रतिपक्ष दलको भएको भन्दै प्रतिकार गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ