arrow

लागूऔषधको दलदलमा युवाहरु, आठ जना पक्राउ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २३ मंगलबार
crime-final-everytime-use.jpg

काठमाडौ‌ं । देशको विभिन्‍न स्थानबाट लागूऔषधसहित आठ जना पक्राउ परेका छन् । मोरङको विराटनगर महानगरपालिका १५ स्थितबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ७० मिलिग्रामसहित सुनसरी धरान उपमहानगरपालिका ८ बस्ने ३४ वर्षीय विकाश लिम्बू समेत दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

 लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

मोरङकै बेलबारी नगरपालिका ११ स्थित केशल्या पुलबाट अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ २ सय १० मिलिग्राम, ट्रमाडोल ५ पिस र स्पासपेन १२ पिससहित सोही नगरपालिका ११ बस्ने २१ वर्षीय दिपेन राई समेत दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । 

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । 

कैलालीको धनगढी उपमहनगरपालिका १३ राजपुर गाउँबाट अवैध लागूऔषध खैरो हेरोइन करिब २ ग्राम ४० मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३७ वर्षीय जियाराम राना र  २४ वर्षीय गणेश राना रहेका छन् ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरीले जियाराम रानाको घर तलासी गर्दा ४३ वटा पोकामा रहेको उक्त परिमाणको लागूऔषध फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको से।२ प ११८८ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । 

 कञ्चनपुरको पुनर्वास नगरपालिका ११ डोकेबजारबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब ४ सय ६० मिलिग्रामसहित कैलाली गौरीगंगा नगरपालिका २ बस्ने २४ वर्षीय भिमबहादुर सिजालीसमेत दुईजनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

 प्रहरी चौकी परासनबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सूपप्र ०१–००८ प ३९०३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरुलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । 

पछिल्लो समय लागूऔषधसहित पक्राउ पर्ने युवाहरुको संख्या बढ्दै गएको छ । यसले नेपाल लागूऔषधको हब बन्दै गएको चिन्ता बढेको छ । 

अर्कातर्फ युवाहरु नराम्रोसँग यो अपराधको दलदलमा फस्दै गएको देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ