arrow

नेपालगञ्जमा अत्यधिक गर्मी बढ्यो, लम्बियो गर्मी बिदा

logo
सौरभ गिरी, 
प्रकाशित २०८० जेठ २२ सोमबार
nepaljung-hit-2080-02-22.jpg

नेपालगञ्ज । अत्यधिक गर्मी बढेपछि नेपालगञ्जमा बिदा थप गरिएको छ । यसअघि जेठ २१ गतेदेखि २३ गतेसम्म गर्मी बिदा गरिएकोमा २६ गते शुक्रबारसम्म थपिएको शिक्षा महाशाखाले जनाएको छ । 

बर्खे बिदाबाट कट्टी हुने गरी विदा थप गरिएको शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले बताए । दिन प्रतिदिन गर्मी बढ्दै जाँदा पठनपाठनमा समस्या हुनुका साथै विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले विदा थप गरिएको थापाले बताए । 

साथै जेठ २८ गते आइतबारदेखि विद्यालय सञ्चालन गर्दा विद्यालय व्यवस्थापन समितिको निर्णय गरी विहानी सत्रमा विद्यालय सञ्चालन गर्न भनिएको छ  । त्यसको जानकारी नेपालगञ्ज उपमहानगरपालिकालाई गराउनुपर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ