arrow

करको कुरो मिल्यो, शेयर लगानीकर्ताको आन्दोलन फिर्ता 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २१ आइतबार
share-holders-finance-ministry-agreement-2080-02-21.jpg

काठमाडौ । आन्दोलनरत शेयर लगानीकर्ता र अर्थ मन्त्रालयका अधिकारीबीच सहमति भएको छ । सहमतिसँगै शेयर लगानीकर्ताको आन्दोलन फिर्ता भएको छ । 

लगानीकर्ताले बजेटको २९ नं बुँँदा हटाउन माग गरेका थिए । शेयर लगानीकर्ताको तर्फबाट लगानीकर्ता तिलक कोइरालाको संयोजकमा अर्थमन्त्रालयका अधिकारीसँग भएको वार्तामा सहमति भएको हो । 

कोइरालाका अनुसार अर्थमन्त्री डा. प्रकाशशरण महतले २९ नम्बरको बुँदा संसदीय समितिमा लगेर संसदीय प्रक्रियाबाट निष्क्रिय पार्ने आश्वासन दिएका छन् ।

अब ५ प्रतिशत र साढे ७ प्रतिशत पूँजीगत लाभकरलाई नै अन्तिम कर मानिनेछ । 

यसअघि आज बिहान मात्रै अर्थमन्त्रीलाई भेट्न गएका आन्दोलित शेयर लगानीकर्तालाई प्रहरीले रोकेको थियो । 

त्यस्तै शेयर बजारका लगानीकर्ताहरुले ब्रोकर कार्यालयमा तालासमेत लगाएका थिए । जसका कारण आज नेप्सेको प्रिओपन सेसनमा कारोबार नै भएन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ