arrow

गर्मी बढेपछि एकसाता विद्यालय बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २१ आइतबार
temperature.jpeg

सिन्धुली ।  केही दिनदेखि गर्मी बढेपछि दुधौली नगरपालिकाले विद्यालय बन्द गरेको छ ।  गर्मीका कारण पठन–पाठनमा समस्या भएको जनाउँदै नगरपालिकाले एक साताका लागि विद्यालयमा  गर्मी बिदा दिएको हो ।

नगरप्रमुख दिनश अधिकारीले  गर्मीका कारण पठनपाठनमा समस्या भएको जनाउँदै एकहप्ता सामुदायिक र संस्थागत विद्यालय बन्द गर्न निर्देशन दिएको जानकारी दिए। 

हाल सञ्चालन भइरहेको कक्षा ११ को परीक्षा भने यथावत रहने उनले बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ