arrow

ठेलो प्रतियोगिता

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २० शनिबार
parbat.jpg

म्याग्दी । गण्डकी प्रदेशस्तरीय परम्परागत ठेलो प्रतियोगिताको उपाधि पर्वतले जितेको छ ।

प्रदेश खेलकुद परिषद् गण्डकीद्वारा म्याग्दीको बेनीमा आयोजित पर्वतले क्लिनस्वीप गरेको हो । प्रतियोगितामा पर्वत प्रथम, द्धित्तीय  र तृतीय स्थान नै हासिल गरेको हो । 

पर्वतका किरण विकले १४.०१ मिटरको दुरी ठेलो फाल्दै पहिलो स्थान प्राप्त गर्न सफल भए । उनले नगद रु २५ हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र हात पारे ।

यस्तै, पर्वतका राजेन्द्र हमालले १३.९७ मिटरको दुरी फाल्दै दोश्रो भए भने निशान बोहराले १२.८२ मिटर ठेलो फाल्दै तेस्रो स्थानमा चित्त बुझाए । 

दोस्रो भएका हमालले नगद रु १५ हजार र तेस्रो भएका बोहराले नगद १० हजारका साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको प्रतियोगिताका संयोजक योगेन्द्र शेरचनले जानकारी दिए ।

प्रतियोगितामा म्याग्दी, बागलुङ र पर्वतका गरी १२ खेलाडीहरुको सहभागिता रहेको थियो भने लमजुङ र कास्कीले प्रतियोगितामा सहभागिता जनाएन ।

प्रतियोगितामा बिजेता खेलाडीहरुलाई बेनी नगरपालिकाका प्रमुख सुरज केसी, प्रदेश खेलकुद परिषद्की सदस्य चन्द्रा घले गुरुङ, जिल्ला खेलकुद म्याग्दीका अध्यक्ष दिनेश केसी लगायतले नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ