arrow

बक्सिङ संघ कास्कीमा फेरि सुमन

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २० शनिबार
suman kumar shrestha.jpg

पोखरा । कास्की जिल्ला बक्सिङ संघको अध्यक्षमा फेरि सुमन कुमार श्रेष्ठ निर्वाचित भएका छन् ।

संघको शनिबार पोखरामा सम्पन्न भएको पाँचौं अधिवेशनले श्रेष्ठलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । 

संघको वरिष्ठ उपाध्यक्षमा राजबहादुर कोईराला, उपाध्यक्षमा सन्तोष कार्की, सचिवमा शिशिर थापा मगर, सहसचिवमा चन्द्रबहादुर गुरुङ र कोषाध्यक्षमा सञ्जोग पराजुली निर्वाचित भए ।

संघको कार्यसमिति सदस्यमा भक्त तमाङ्ग, अर्जुन गुरुङ, सुरज तमाङ्ग, प्रदिप गुरुङ, विश्व गुरुङ र प्रियङ्का गुरुङ निर्वाचित भए ।

सो अवसरमा बक्सिङ खेल विकासमा पुर्याएको योगदानको कदर गर्दै बक्सिङका प्रशिक्षक विद्याप्रसाद मर्सानी र बक्सिङका पूर्व राष्ट्रिय खेलाडी गणेश बहादुर भट्टराई सम्मान गरिएको थियो ।

यसअघि अधिवेशनको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले गरेका थिए ।

संघका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा ओलम्पियन ओम मास्के, गण्डकी प्रदेश बक्सिङ संघका संयोजक राजेन्द्र पहारी, पूर्व राष्ट्रिय बक्सिङ खेलाडी गणेश बहादुर भट्टराई, नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य मानबहादुर भण्डारी, प्रशिक्षक विद्या मर्सानी, राजबहादुर कोइराला लगायतले बोलेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ