arrow

‘वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला’ हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १९ शुक्रबार
kavre-banepa.png

बनेपा । बनेपा र पनौती नगरपालिकाको संयुक्त आयोजनामा बनेपा नगरपालिका-८ स्थित लायकु मञ्चमा यही जेठ २६ र २७ गते वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला आयोजना हुने भएको छ । 

रोजगारीको खोजीमा रहेका जनशक्ति र रोजगारदातालाई एकै ठाउँमा ल्याउने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो । रोजागरीको खोजीमा रहेका युवालाई दिशानिर्देश गर्न मेला सहयोगी हुने पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले बताए ।

“स्वरोजगार बनाउने उद्देश्यले तालिमका लागि सार्वजनिक सूचना गर्दा पनि कोटा अनुसार आवेदन नपर्ने अवस्था छ, यस्तो अवस्थामा मेला युवाको चाहना बुझ्ने अवसर  पनि हुनेमा विश्वास लिएका छौँ”, उनले भने । 

बनेपा नगरपालिका प्रमुख शान्ति रत्न शाक्यले मेलाले धेरै युवालाई रोजगारको मार्गमा डो¥याउन सहजीकरण गर्ने दाबी गरे । मेलामा धेरैभन्दा धेरै सहभागिताका लागि उहाँले आग्रह समेत गरे । 

मेलामार्फत रोजगारदाता र रोजगारीको खोजीमा रहेका जनशक्तिबीच सम्बन्ध बिस्तार हुने अपेक्षा लिइएको छ । 

मेलामा सरोकारवाला र उद्योगीलाई स्टल बुकिङ गर्नका लागि पनौती र बनेपा नगरपालिका अन्तर्गतका शिक्षा, युवा तथा खेलकुद शाखामा सम्पर्क गर्नका लागि आह्वान गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ