arrow

उपाध्यक्ष र सचिवहरुको कार्यविभाजन 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १९ शुक्रबार
umnl-sachibalaya-2080-02-19.jpg

काठमाडौं  । नेकपा एमालेले वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु र सचिवहरूको कार्य विभाजन गरेको छ । शुक्रबार बसेको सचिवालय बैठकले ६ जना उपाध्यक्षलाई विभागहरूको संयोजन गर्ने जिम्मेवारी दिँदै कार्यविभाजन गरेको हो । 

योजना तथा नीति विभागमा ईश्वर पोखरेल, पूर्वाधारमा सुरेन्द्र पाण्डे, कृषि तथा उद्यम विभागमा रामबहादुर थापा बादल, सामाजिक विकासमा अष्टलक्ष्मी शाक्य, मानव स्रोतमा युवराज ज्ञवाली, सुशासनमा सुवास नेम्वाङ र संगठन तथा प्रशिक्षण विभागको संयोजकमा विष्णु पौडेल तोकिएका छन् ।

यस्तै सचिवहरूलाई प्रदेश इञ्चार्जको जिम्मेवारी दिइएको छ । कोशीमा रघुवीर महासेठ, मधेसमा योगेश भट्टराई, गण्डकीमा गोकर्ण विष्ट, लुम्बिनी प्रदेशको इञ्चार्जमा पद्मा अर्याल तोकिएकी छिन् । 

कर्णालीको इञ्चार्जमा लेखराज भट्ट र सुदूरपश्चिम प्रदेशको इञ्चार्जमा सचिव छविलाल विश्वकर्मा तोकिएका छन् ।

संगठन विभागका काशीनाथ अधिकारी र प्रचार विभागमा राजेन्द्र गौतमलाई जिम्मेवारी दिइएको छ । यसअघि संगठन विभागमा खगराज अधिकारी थिए भने प्रचारमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ