arrow

मधेसमा रापः रौतहटका सबै विद्यालय एक हप्ताका लागि बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १९ शुक्रबार
rautahat1.png
तस्बिर – फाइल ।

रौतहट । अत्यधिक गर्मी बढेको भन्दै रौतहटमा एक हप्ताका लागि विद्यालय बन्द गरिएको छ । 

जिल्ला शिक्षा विकास तथा समन्वय इकाई रौतहटले जिल्लाका सबै पालिकालाई एक हप्ता विद्यालय बन्द गर्न निर्देशन गरे अनुसार आजबाट विद्यालय बन्द भएका हुन् । 

सो समन्वय इकाइ प्रमुख रामविनय कुमार सिंह जारी गरेको विज्ञप्ति अनुसार जिल्लाका १८ वटै पालिका कार्यालयलाई एक हप्ता विद्यालय बन्द गर्न निर्देशन दिए पछि आजवाट विद्यालय बन्द हुन लागेका हुन् ।


अत्यधिक गर्मीका कारण पठनपाठनमा प्रतिकूल असर परिरहेको र कतिपय बालबालिका मुर्छित भइरहेकाले वर्षे बिदाबाट कट्टा हुने गरी एकहप्ता गर्मी बिदाका लागि अनुरोध आए पछि विद्यालय बन्द गर्नु परेको इकाई प्रमुख सिंहद्वारा जारी सूचनामा उल्लेख छ। 

हाल रौतहटसहित मध्ये मधेस प्रदेशका जिल्लाहरुमा अधिकतम तापक्रम ४२ डिग्री सेल्सियससम्म मापन गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ