arrow

मूल्यवृद्धि साढे छ प्रतिशतभन्दा बढ्न नदिने लक्ष्य

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १६ मंगलबार
budget-2080-81.jpg

काठमाडौं ।   सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि आर्थिक वृद्धिदर छ प्रतिशत पुर्याउने र मूल्यवृद्धि साढे छ प्रतिशतभन्दा बढ्न नदिने लक्ष्य कायम गरेको छ ।

“आगामी आर्थिक वर्षमा छ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने अपेक्षा राखेको छु । 

मुद्रास्फीति छ दशलमव पाँच प्रतिशतमा सीमित हुने अनुमान रहेको छ”, सोमबार संसद्मा बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले भने, “यस बजेटले लिएको उद्देश्य प्राप्त गर्न सघाउ पुग्ने गरी नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीति तय गर्नेछ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ